• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • ३ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर

  •  मङ्गलबार, असार २१, २०७९ मा प्रकाशित

काठमाडौँ, नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’मा वक्ताहरुले बर्सेनि विश्वभर तीन लाख तथा नेपालमा दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् ।

कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी डा. अन्जली पण्डितले बालबालिकालाई बढी मात्रामा रगतको क्यान्सर हुने गरेको बताउनुभयो । उहाँले रगतबाहेक मस्तिष्क तथा ढाड, ग्रन्थी, आँखा, हड्डी , मिर्गाैला, मांसपेशीलगायतमा क्यान्सर हुने देखिएको बताउनुभयो ।

डा पण्डितले घाँटीमा गाँठो देखिनु, गिजाबाट रगत आउनु, आँखामा धब्बाहरु देखिनु, गालामा ट्युमर देखिनुलगायत क्यान्सरका लक्षणहरु भएकाले यसको समयमै उपचार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समयमै क्यान्सर पत्ता लगाउन सके उपचारले निको हुनेसमेत जानकारी दिनुभयो । डा पण्डितले बालबालिकामा हुने क्यान्सरमध्ये बालकलाई तीन वर्ष र बालिकालाई दुई वर्षमा उपचार गरी निको पार्न सकिने उल्लेख गर्नुभयो ।काठमाडौँ मेडिकल कलेज एन्ड शिक्षण अस्पतालका डा. आशिषलाल श्रेष्ठले बालबालिकामा हुने क्यान्सरको उपचार नेपालमा नै सम्भव छ भन्नुभयोे । “बैलैमा रोगको जाँच र निदान भएमा बाल क्यान्सर पूर्ण रुपमा निको हुन्छ,” उहाँले जोड दिनुुभयो।

डाक्टर श्रेष्ठले गर्भवती अवस्थामा मद्यपान तथा धुम्रपान गर्नाले, विकिरण तथा रसायनका कारणले, प्रदूषित वातावरण तथा अत्यधिक कीटनाशकको प्रयोगले र गर्भावस्थामा भ्रूणमा देखा परेको वंशाणुगत असन्तुलनले बालबालिकामा क्यान्सरको समस्या हुने गरेको देखिन्छ भन्नुभयो । उहाँले क्यान्सर भएका बालबालिकाका अभिभावकामा जनचेतना फैलाउन नसक्दा यसको उपचारमा कमी आएको उल्लेख गर्नुभयो ।

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विश्वव्यापी समस्याका रुपमा रहेको बाल क्यान्सरबाट नेपालमा पनि थुप्रै बालबालिकाहरु पीडित भएका र यसको रोकथामका लागि महानगरपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।उहाँले काठमाडौँ महानगरवासीलाई स्वास्थ्य राख्न यस्ता सामाजिक संस्थासँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ एचका डिष्ट्रिक गभर्नर दिनेशप्रसाद श्रेष्ठले बालबालिकामा हुने क्यान्सरलाई समयमा पहिचान गर्न सके उपचार सम्भव छ भन्नुभयोे ।

सोही संस्थाका बाल्यअवस्थाको क्यान्सर सचेतना कार्यक्रमका संयोजक विकासमान सिंहले नेपालमा बाल क्यान्सरको अवस्था भयावह रहेको तर उपचारका लागि निकै कम मात्रामा स्वास्थ्य संस्थामा पुग्ने गरेको र पुगेकाहरुमध्ये पनि ३० प्रतिशतले मात्र उपचारमा निरन्तरता दिने गरेको बताउनुभयो ।लायन्स क्लब अफ इन्टरनेशनलले स्वास्थ्य, वातावरण, प्राकृतिक विपत्ति रोकथाम, पौष्टिक आहार, गरिब तथा विपन्नलाई खाद्य सामग्री वितरण, हैजाबारे जनचेतनालगायत विभिन्न क्षेत्रमा जुलाई १ देखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ काठमाडौँ हारतीमाताका अध्यक्ष अशोकमान महर्जनले जानकारी दिनुभयो । रासस

मङ्गलबार, असार २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.