चितवन । बिहीबार अपरान्ह विपी मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डाक्टर देजकुमार गौतममाथि भएको हातपात प्रयासको दुबैपक्षबीच सहमति भएको छ । अब आईन्दा यस्तो घटना नदोहोर्याउने आरोपीले माफी मागे पछि जिल्ला प्रशासन कार्यालयमा सहमती भएको हो । दुबैपक्षबीच तीनबुँदे सहमति भएको छ । जसअनुसार आरोपित पक्षले गरेको क्षमा माग्ने र डाक्टर गौतमले क्षमा दिने , हटाईएको भनिएको मजदुरको बिषयमा मजदुर संगठन र श्रमिक संगठनसंँग सम्बन्धित पक्षले छलफल गर्ने र अब यस्तो घटना नदोर्याउन आरोपति पक्षले कबोल गर्ने ,अस्पतालको स्वास्थ्य तथा शान्ति सुरक्षा कायमको लागि सम्बन्धित पक्षहरु प्रतिबद्ध हुने सहमति पत्रमा उल्लेख गरिएको छ ।
सहमति पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. देजकुमार गौतम, उपनिर्देशक डा.कृष्णसागर शर्मा, प्रशासकीय अधिकृत गृहीनारायण महतो, शिला अधिकारी, गोकर्ण सापकोटाले हस्ताक्षर गरेका छन, नेपाल चिकित्सक संघ चितवनका सचिव डा.सूर्यप्रकाश सापकोटा छन भने आरोपितका तर्फबाट बद्रराम थापा मगर, महानन्द न्यौपाने, पुष्कर लामिछानेले हस्ताक्षर गरेका छन ।