भैरहवा,जिल्लाको मायादेवी गाउँपालिका–३ ले वडाका प्रत्येक गाउँमा स्वास्थ्यकर्मी कार्यक्रम लागू गरेको छ । पालिकाको सहयोग, जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम लागू गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ ।
ग्रामीण क्षेत्रका नागरिकले गाउँमै सहज ढङ्गले स्वास्थ्य सेवा प्राप्त गर्नका लागि यो कार्यक्रम लागू गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताउनुभयो ।
गाउँवासीहरुमा एक गाउँमा एक स्वास्थ्यकर्मीद्वारा परामर्श, भेटघाट र स्वास्थ्य समस्याका बारेमा सुझबुझ गरी जानकारी पाउने र समस्याको समाधानका उपाय पत्ता लगाउने तथा स्वास्थ्यका सूचकहरु मापन गर्न यो अभियानले सहयोग पुग्ने गाउँपालिका–३ वडाध्यक्ष मोहम्मद रफिक खानले जानकारी दिनुभयो ।
बस्तीहरुमा विभिन्न रोगहरुको पहिचान र निराकरणका लागि यो अभियान स्थायीरूपमा लागू गरिएको वडापालिकाले जनाएको छ ।
