चितवन । केन्द्रिय अस्पतालको रुपमा परिचित भरतपुर अस्पताललले जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । आज अस्पतालले एक सूचना जारी गरी अस्पतालमा कोभिड पोजेटिभ विरामीको संख्यामा बृद्धि भएको र अन्य विरामी पनि दिनहुंँ बढ्दै गएको भन्दै सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको हो ।
अस्पतालमा हाल एकजना कोभिड संक्रमित उपचार भईरहेको र अन्य विरामीहरु पनि सम्पर्कमा रहेकोले पनि सर्तकता अपनाउन अनुरोध गरिएको हो । अस्पतालमा आउंँदा मास्क, सेनिटाइजर प्रयोग गर्ने , साबुन पानीले बारम्बार हात धुने र भौतिक दुरी कायम गर्न अस्पतालले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु