• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

सरकारको एक वर्ष : खोपमा सफलता

  •  बिहिबार, असार ३०, २०७९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्ष आफू प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभामा बोल्ने क्रममा आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप रहेको बताउनुभएको थियो । आफ्नो सरकारले पहिलो प्राथमिकताका रूपमा सबै नागरिकलाई खोप उपलब्ध गराउने बताउनुभएको थियो ।

उहाँले भन्नुभएको थियो, “देश अहिले महामारीले आक्रान्त भएको छ, मेरो पहिलो प्राथमिकता भनेको यो महामारीविरुद्धको खोप, खोप र खोप हो, हामीले आगामी चैत महिनासम्म लक्षित समूहका सबै नागरिकलाई खोप दिन्छौँ र स्थानीय चुनावमा जान्छौँ ।”

यसै वर्षको वैशाख ३० गते सरकारले स्थानीय निर्वाचन सम्पन्न गरेको छ । सो निर्वाचन अघिसम्म खोप दिने अभियान सरकारले सुरुदेखि नै सञ्चालन गरेको थियो । प्रधानमन्त्रीको सोही प्रतिबद्धताअनुसार सरकारले कोरोनाविरुद्धको खोप चुनावअघि र त्यसपछि पनि सबै सर्वसाधारणलाई उपलब्ध गराइरहेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालका १२ देखि १७ वर्षको उमेर समूहका ९५ प्रतिशत नागरिकले पहिलो मात्रा र उनीहरूमध्ये नै ८३ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् ।

त्यस्तै १८ वर्षभन्दा माथिका ८५ प्रतिशतले पहिलो मात्रा र ८८ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । त्यसैगरी ३४ प्रतिशतले बुस्टर मात्रा लगाएका छन् । त्यस्तै १२ वर्षभन्दा माथिका ८७ प्रतिशतले पहिलो र त्यति नै दोस्रो मात्रा तथा बुस्टर २९ प्रतिशत लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसरी हेर्दा नेपालमा लक्षित समूहको करिब ९० प्रतिशतले खोप लगाइसकेका छन् । जबकि यो सरकार निर्माण हुनुअघि नेपालका करिब पाँच प्रतिशत नागरिकले मात्र खोप प्राप्त गरेका थिए ।

विसं २०७८ असार ३० गतेसम्म कूल जनसङ्ख्यामध्ये पहिलो मात्रा २६ लाख २१ हजार ४७६ जनाले र ११ लाख आठ हजार ८६८ जनाले दोस्रो मात्रा खोप लगाएका थिए ।

सरकारले एक वर्षमा (२०७८ असारदेखि २०७९ असारसम्म) मा एक करोड ७६ लाख ६७ हजार ५५५ जनालाई पहिलो मात्रा, एक करोड ९२ लाख ९५ हजार ५४२ लाई दोस्रो मात्रा खोप लगाइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले एक वर्षमा खोप सबैजसो नागरिकलाई लगाइएको जानकारी दिनुभयो । उहाँले सरकारले खोपलाई पहिलो प्राथमिकतामा राख्दै सबैलाई खोप लगाउने अभियान नै सञ्चालन गरिएको जानकारी पनि दिनुभयो ।

“मन्त्रालयले जनतालाई महामारीबाट बचाउनका लागि खोप अभियानलाई निरन्तर सञ्चालन गरिरहेको छ”, उहाँले भन्नुभयो, “सरकार लक्ष्यअनुसार नै सबै जनतालाई खोप पुर्‍याएको छ ।” सरकारले कोरोना भाइरसबाट बच्नका लागि अतिरिक्त खोप ‘बुस्टर डोज’ नै लगाउन थालेको हो ।

खोप अभियानअन्तर्गत अहिलेसम्म कूल जनसङ्ख्यामध्ये दुई करोड दुई लाख ८९ हजार ३१ जनाले पहिलो मात्रा र दुई करोड चार लाख चार हजार ४१० जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

सरकारले विभिन्न देशबाट खोप ल्याइरहेको छ । अनुदान, खरिद र कोभ्याक्स सुविधाअन्तर्गत सरकारले खोप ल्याएको हो । सरकारले एक वर्षमा चार करोड ८१ लाख एक हजार १२० मात्रा खोप ल्याउन सफल भएको छ । यो तथ्याङ्क २०७९ असार मसान्तसम्मको हो । यस्तै २०७७ माघदेखि २०७८ असारसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप आएको थियो ।

अहिलेसम्म कूल पाँच करोड ७८ लाख ८३ हजार ९७० मात्रा खोप सरकारलाई विभिन्न देशबाट प्राप्त भएको छ । सरकारले १२ वर्षदेखि माथिका सबैलाई खोप लगाएको छ भने पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउन थालेको जनाएको छ । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा २७ जिल्लाका नागरिकलाई पहिलो मात्रा खोप लगाइसकेको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार २१ लाख बालबालिकालाई पहिलो चरणमा कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाइसकेको छ । सरकारको लक्ष्य ३९ लाख बालबालिकालाई खोप लगाउने रहेको छ ।

यही असार ९ देखि असार १५ गतेसम्म विद्यालयमा नै खोप केन्द्र स्थापना गरेर सरकारले खोप लगाएको थियो । ती बालबालिकालाई अब साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ । यस्तै दोस्रो चरणको खोप ५० जिल्लाका बालबालिकालाई आगामी भदौ ५ देखि ११ गतेसम्म लगाइने छ । सोही समूहका लागि दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

भौतिक संरचना तयार

यस्तै कोरोना महामारीसँगै सरकारले एक वर्षमा भौतिक पूर्वाधारका संरचना पनि तयार गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि अस्पताल, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर, हाइ डिपेन्डेन्सी युनिट (एचडीयु) लगायतका संरचना तयार पारिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक वर्षमा आइसोलेसन शय्या एक हजार ८७९, एचडीयू एक हजार ३८, आइसियु ३७५ र भेन्टिलेटर ९४ शय्या बनेका छन् । अहिलेसम्म आइसोलेसन आठ हजार २०२, एचडीयू तीन हजार ८४६, आइसियु दुई हजार ७९७ र भेन्टिलेटर एक हजार आठ शय्या निर्माण भएका छन् ।

यसैगरी सरकारकै पालामा अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माणको पनि थालनी गरेको छ । ६५५ स्थानीय तहमा जनसङ्ख्या र भूगोल हेरी पाँच, १० र १५ शय्याको अस्पताल सरकारले बनाइरहेको छ ।

मन्त्रालयको आधारभूत अस्पताल एकाइ शाखाका सुरज खड्काका अनुसार ४७९ तहका अस्पतालमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर दोस्रो किस्ता बजेट पनि पठाइसकेको छ ।

अन्य अस्पतालको पनि डिपिआर स्वीकृत गरेर बजेट पठाउने तयारी भइरहेको छ । सरकारले सबै जनतालाई स्वास्थ्य सेवा पुर्‍याउन अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्न थालेको हो । दुई वर्षभित्र ती स्थानीय तहमा आधारभूत तहको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ । रासस

बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.