• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
  • ६ घण्टा 

संसद् सेवा दिवसका अवसरमा रक्तदान
  • ८ घण्टा 

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
  • ८ घण्टा 

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत
  • ८ घण्टा 

शैलजा आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • १२ घण्टा 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • १२ घण्टा 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १ दिन 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • १ दिन 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ३. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ४. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

  • ५. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

  • ६. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ७. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ८. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ९. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • १०. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको भन्दै नियन्त्रण गर्न माग

  •  शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित

काठमाडौं ।नेकपा (एमाले)ले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा २८ जना हैजाका बिरामी पुष्टि भए पनि सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको आरोप लगाउनुभयो ।

“हैजा जस्तो महामारी नियन्त्रणका लागि उपचार व्यवस्थापन र जनचेतना फैलाउने जस्ता कार्यमा स्वास्थ्य मन्त्रालय बेखबर देखिएको छ, महामारी नियन्त्रण जस्ता कार्यमा लापरवाही गर्नु जनस्वास्थ्यका दृष्टिले गम्भीर कमजोरी हो”, उहाँले भन्नुभयो ।

यस्तै एमालेले कोभिड–१९ महामारीमा खटिने जोखिम भत्ता स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएका जनशक्तिलाई पनि उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । “सरकारले जोखिमपूर्ण समयमा काम गर्नेहरुलाई निराश बनाएको छ, कोभिड–१९ पोजिटिभ भएका धेरै स्वास्थ्यकर्मीले कोभिड बीमाबापतको रकम हालसम्म पाएका छैनन्”, भट्टराईले भन्नुभयो, “कोभिड–१९ सङ्क्रमणका समयमा बीमा कम्पनीले जनसाधारणका लागि उपलब्ध गराउने भनेको बीमाको रकम करिब रु छ अर्ब हालसम्म पनि भुक्तानी गरेको छैन ।”

एमालेले कोभिड–१९ को पूर्ण रुपमा खतरा नटरेको भन्दै गत गत आर्थिक वर्षको तुलनामा आव २०७९÷८० मा १९ प्रतिशत कम रहेको जनाएको छ । यस्तै चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरुको सङ्ख्या बर्सेनि बढ्दै गएको र यसले पूँजी पलायन मात्र नभइ बौद्धिक पलायन पनि निरन्तर भइरहेको भन्दै देशभित्रै गुणात्मक चिकित्सा शिक्षाको सुनिश्चित गरी स्वास्थ्य जनशक्तिलाई देशको समृद्धिको काममा क्रियाशील गराउन सरकारले प्रभावकारी योजना अघि सार्न उहाँले अनुरोध गर्नुभयो ।

एमालेले औषधि आयातबाट बर्सेनि अर्बाैं रुपैयाँ विदेसिएकाले नेपालमा नै औषधि उत्पादन गर्ने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य बीमामा विशिष्टीकृत ज्ञान÷सीप भएका जनशक्ति आवश्यक पर्ने भएकाले स्थायी दरबन्दीका लागि बीमा बोर्डबाट सङ्गठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन १८ महिनाअघि मन्त्रालयमा पेस भएकामा हालसम्म स्वीकृत नभएकोप्रति आपत्ति जनाउँदै तुरुन्तै प्रतिवेदन स्वीकृत गरी स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य विभागका प्रमुख भट्टराईले माग गर्नुभयो ।

यस्तै उच्चस्तरीय विज्ञ समिति बनाई सामाजिक सुरक्षा र उपचार खर्चमा एकद्वार नीति लागू गर्ने गरी स्वास्थ्य बीमा बोर्डको सेवा सञ्चालनलाई प्रभावकारी बनाउन माग गरिएको छ । रासस

शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
संसद् सेवा दिवसका अवसरमा रक्तदान
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

ताजा

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार

संसद् सेवा दिवसका अवसरमा रक्तदान

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.