• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क

  •  आइतबार, साउन ०८, २०७९ मा प्रकाशित

चन्द्रौटा । सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेशविन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसीआर र एन्टिजेट परीक्षणको लागि तथा सङ्क्रमितहरू सुरक्षित राख्नका लागि एक हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् ।

विसं २०७८ वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले आठवटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गैरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा निर्माण भएका छन् । कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको नेपाली सेनाले रु २७ करोड ६७ लाखको लागतमा होल्डिङ सेन्टर निर्माण गरेको हो ।

निर्माण पूरा भए पनि कसले सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन । निर्माणको काम सम्पन्न भएको छ महिना बिते पनि सञ्चालन नहुँदा सीमानाका नजिकै एक छाप्रोमा स्वास्थ्य जाँच भइरहेको छ । कृष्णनगरमा छाप्रो नजिकै ६०० शय्याको होल्डिङ सेन्टर छ भने सीमादेखि एक किलोमिटरको दूरीमा शिवानगरमा ४०० शय्याको होल्डिङ सेन्टर छ । होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्रले परिपत्र नगरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । “सिसीएमसीसीको निर्णयानुसार सञ्चालन हुनेछ, अहिलेसम्म कुनै जानकारी छैन”, उहाँले भन्नुभयो, “स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना छ, हस्तान्तरणको काम पनि भएको छैन ।”

पछिल्लो समय कोरोना सङ्क्रमण वढिरहेकाले होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्र तथा प्रदेशले स्थानीय तहलाई स्रोत, साधन उपलब्ध गराउनुपर्ने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । “होल्डिङ सेन्टर अतिआवश्यक छ, तर सञ्चालन गर्न स्थानीय तहलाई समस्या छ, केन्द्र र प्रदेशले यस विषयमा गम्भीर हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।

कृष्णनगरले एक छाप्रो निर्माण गरी भारतबाट नेपाल आउनेहरूको स्वास्थ्य जाँच गरिरहेको छ । कोरोनाको पोजेटिभ रिपोर्ट आउनेलाई पनि सिधैँ घर पठाउन स्वास्थ्यकर्मी बाध्य छन् । केही समय कोरोना महामारी कम भए पनि पुनः सङ्क्रमित बढ्न थालेपछि सीमानाकामा कडाइका साथ जाँच सुरु गरिएको छ । अहिले दैनिक ५० देखि १०० नेपालीहरूको जाँच हुने गरेको स्वास्थ्यकर्मी पङ्कज गुप्ताको भनाइ छ ।

“टेन्टले बेरिएको छाप्रोमा बसेर जाँच गरेका छौँ, सुरक्षाका दृष्टिकोणले अति संवेदनशील छ”, उहाँले भन्नुभयो, “भारतबाट आउनेको भीडभाड र जाँचका लागि क्षेत्र काम हुँदा असहज छ ।” पछिल्लो केही दिनदेखि दैनिक सङ्क्रमित देखिन थालेको उहाँले बताउनुभयो । “नजिकै रहेको होल्डिङ सेन्टर खाली छ, हामी यहाँ असहज हुँदाहुँदै पनि काम गरिरहेका छौँ”, स्वास्थ्यकर्मी गुप्ताले भन्नुभयो, “होल्डिङ सेन्टर सञ्चालन भएर सङ्क्रमितलाई पनि सुरक्षित साथ राख्न सकिन्थ्यो ।” भारतबाट नेपाल आउनेमध्ये गत जेठमा ११, असारमा ४७ र साउनको पाँच दिनमै २० सङ्क्रमित फेला परेका छन् । यसरी हेर्दा साउनमा सङ्क्रमितको सङ्ख्या उच्च हुने अनुमान छ ।

५८ जनालाई निःशुल्क चश्मा वितरण

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ५८ कर्मचारी तथा जनप्रतिनिधिलाई निःशुल्क चश्मा वितरण गरिएको छ । हेल्पिङ ह्याण्डस हेल्थ एण्ड एजुकेशन इन्टरनेशनलको आर्थिक सहयोगमा नजिकको दूरीको लागि उपयोगी हुने चश्मा वितरण गरिएको हो । नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा ४० वर्षमाथिका जनप्रतिनिधि र नगरपालिकामा कार्यरत कर्मचारीलाई चश्मा वितरण गरिएको अस्पतालका निर्देशक डा सुलक्ष्मी कटुवालले जानकारी दिनुभयो
प्रशासकीय अधिकृत जसराज विश्वकर्माले आगामी दिनमा चश्मा वितरण जारी रहने जानकारी दिनुभयो । बुद्धभूमि नगर प्रमुख केशवकुमार श्रेष्ठले आँखा अस्पताल, बहादुरगञ्जले आँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभयो ।

अस्पताल र नगरपालिकाबीच सम्झौता गरेर यसअघि सञ्चालन हुँदै आइरहेको साप्ताहिक आँखा उपचार क्लिनिकलाई पनि निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । अन्धोपन न्यूनीकरणका लागि आँखा अस्पताल र बुद्धभूमि नगर पालिकाबीचको समन्वय र सहकार्य विगतका वर्षदेखि नै हुँदै आएको र साप्ताहिक आँखा उपचार क्लिनिकका माध्यमबाट नगरवासीले आफ्नो घरदैलोमै आँखा स्वास्थ्य सेवा पाइरहेको अस्पतालका निर्देशक डा कटुवालले बताउनुभयो ।

आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.