• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ३ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ३ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

बागलुङसहित ५० जिल्लाका बालबालिकालाई भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप

  •  बुधबार, साउन १८, २०७९ मा प्रकाशित

बागलुङ । बागलुङसहित ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा गण्डकी प्रदेशका कास्की, नवलपुरसहित धेरै जनघनत्व भएका जिल्ला र ठूला सहर केन्द्रित गरेर खोप अभियान चलाइएको हो । ती जिल्लाका बालबालिकाले खोपको दोस्रो मात्रासमेत पाइसकेका छन् ।

स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार जिल्लामा रहेका सो उमेर समूहका झण्डै ५० हजार बालबालिकालाई फाइजर खोप दिइनेछ । “सुइँ आइसकेको छ, खोप यही २५ गतेपछि आउँछ”, उहाँले भन्नुभयो, “बालबालिकालाई विद्यालयमै तोकिएका खोप केन्द्रबाट खोप दिइन्छ ।”

उहाँले बर्सातका कारण खोप ढुवानी र अरु व्यवस्थापकीय तयारीमा बाधा नपरे मन्त्रायलयले ताकेकै दिनबाट खोप अभियान सञ्चालन हुने बताउनुभयो । दोस्रो चरणअन्तर्गत भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप बालबालिकालाई दिइनेछ ।

स्वास्थ्य कार्यालयले त्यसअघि यही साउनभित्रैमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको थप मात्रा (बुस्टर) दिने तयारी थालेको छ । जिल्लाको बागलुङ, जैमिनी, गलकोट नगरपालिका, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका सो उमेर समूहका बालबालिकालाई साउन २० र २१ गते खोपको थप मात्रा दिइनेछ ।

यस्तै ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका बालबालिकालाई साउन २५ र २६ गते खोपको थप मात्रा दिइने खोप सुपरभाइजर खत्रीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि व्यवस्थापकीय तयारीका काम अघि बढेको बताउनुभयो ।

बर्सातका कारण यातायात सहज नहुँदा गाउँगाउँमा खोप ढुवानी गर्न र सुरक्षित भण्डारणका लागि चुनौती थपिएको उहाँको भनाइ छ । कोभिड–१९ को सम्भावित नयाँ लहरको जोखिमबाट बचाउन पनि बालबालिकालाई छिटो खोप दिनुपर्ने स्थिति छ ।

हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट जोगिएका र खोप नपाएका बालबालिका नयाँ भेरियन्टको जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् । कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाको सहयोगमा नेपाल आएको फाइजर खोप बालबालिकालाई दिन लागिएको हो ।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.