• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • १ घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • २ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ३ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • २० घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • २० घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • २१ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • २१ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • २१ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ६. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ९. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • १०. इबोला प्रकोपले बढायो विश्व चिन्ता

विश्व हिमोफिलिया दिवस: रोकथाममा मात्र, दीर्घकालीन उपचार छैन

  •  बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

काठमाडौँ । आज विश्वभर हिमोफिलिया दिवस मनाइँदै छ । यस वर्ष नेपालमा ‘सबै रक्तस्राव पहिचान गर्दै सबैको समान पहुँच’ भन्ने नाराका साथ यो दिवस मनाइएको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ ।

दिवसका अवसरमा आज वीर अस्पतालले आयोजना गरेको कार्यक्रममा हिमोफिलिया रोग प्रायः जसो पुरुषलाई बढी हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

कार्यक्रममा वीर अस्पतालका रगत रोग विशेषज्ञ डा निरजकुमार सिंहले हिमोफिलिया एक्स क्रोमोजोममा असर गर्ने रोग भएकाले पुरुषमा बढी हुने गरेको बताउनुभयो ।

“महिलाले हिमोफिलियालाई वाहकका रुपमा लिने गर्दछन् । रोगको लक्षण नदेखिने र रोग बोक्नेलाई वाहक भन्ने गरिन्छ । वाहक महिला भन्नाले ति महिलाको आफन्त कोहीमा हिमोफिलिया भएपछि ती महिलामा पनि यो रोग हुन्छ”, डा सिंहले भन्नुभयो । उहाँले महिला पनि कहिलेकाहीँ हिमोफिलियाका रोगी हुन सक्ने भन्दै धेरै जसो रोगको वाहकका रुपमा मात्र हुने बताउनुभयो ।

ती वाहक महिलाबाट जन्मिने बच्चामा भने हिमोफिलिया सार्ने गर्दछन् । हिमोफिलियाका बिरामी उपचारभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार २०७८ को जनगणनामा चार हजार नौ सय ३७ जना हिमोफिलियाका बिरामी रहेका छन् । तीमध्ये आठ सय ६५ मात्र नियमित उपचारमा रहेका हिमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

अस्पतालका रगत रोग विशेषज्ञ डा सिंहले हिमोफिलिया औषधिको उपचारमा प्रयोग हुने ‘क्लटिङ फ्याक्टर’ (रगत जमाउने तत्व) नेपालमा उपलब्ध नभएको र अत्यन्तै महङ्गो हुने गरेकाले रोग लागेका व्यक्ति पनि उपचारको पहुँचभनदा बाहिर रहेका बताउनुभयो । उहाँले एकपटक रक्तस्राव भएपछि यसको उपचार रु ३० देखि ३५ हजार पर्ने भन्दै रक्तस्राव भएपछि बिरामीलाई दिनदिनै वा हप्तामा दुईपटकसम्म उपचार गर्नुपर्ने बताउनुभयो ।

“हाम्रोजस्तो आर्थिक अवस्था कम भएको मुलुकका बिरामीले क्लटिङ फ्याक्टर किन्न नसक्ने अवस्था छ”, डा सिंहले भन्नुभयो, “एक युनिटको सबभन्दा कम मूल्य भनेको रु २५ हो । एकजना बिरामीलाई एकपटकमा रक्तस्राव भएपछि एकपटकमा एक हजारदेखि एक हजार पाँच युनिट औषधि दिनुपर्ने हुन्छ ।”

उहाँले उपचार महङ्गो भएकाले सर्वसाधरण बिरामीको उपचारमा पहुँच नभएको बताउनुभयो । “हिमोफिलिया रोगको उपचार महङ्गो छ”, डा सिंहले भन्नुभयो, “हामीजस्ता गरिबी देशका जनताले उपचार गर्न सक्दैनन् । सरकारले कुनै न कुनै तरिकाले उपचारमा सहयोग गर्नुपर्दछ ।”

डा सिंहका अनुसार परीक्षण तथा उपचारमा लाग्ने ठूलो खर्च र राज्य पक्षबाट आवश्यकता अनुसारको बजेट विनियोजन नहुँदा हिमोफिलिया प्रभावित व्यक्तिहरुको अवस्था दयनीय हुँदै गएको छ । सरकारले विशेष नीति बनाएर यस्ता बिरामीको पहिचान गरी उपचारमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

डा सिंहले घरमा बसिरहेको अवस्थामा पनि रक्तस्राव हुनसक्ने भएकाले बिरामीले औषधि आफँैले लगाउन सक्ने बताउनुभयो । रगत जमाउने आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तस्राव भइरहेन अवस्थालाई हिमोफिलिया भनिन्छ ।

“हिमोफिलिया एक वंशाणुगत समस्या हो भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने रगतको १३ वटा तत्वमध्ये कुनै एउटा तत्वको कमी भएमा हिमोफिलिया हुन्छ”, उहाँले भन्नुभयो, “यो वंशाणुगत र कोषमा उत्परिवर्तन भएर पनि हुन्छ । दुई तिहाई वंशाणुगतबाट हुन्छ भने एक तिहाइ उत्परिवर्तनबाट हुन्छ भन्ने विश्वका विभिन्न देशमा गरिएका अध्ययनहरुले देखाएको छ ।”

अस्पतालका हिमाटोलोजी केयर युनिटका इन्चार्ज सुमन गुप्ताले भन्नुभयो, “यो रोग लागेका बिरामीलाई चोटपटक लागेर रक्तस्राव भएमा निको हुने सम्भावना कम हुँदै जान्छ ।” सचेतनाको कमीले उपचार गराइरहेका बिरामीमा पनि रोकथाम हुन नसकेको उहाँले बताउनुभयो ।

“हिमोफिलिया प्रभावित व्यक्तिहरु चोटपटक लाग्न सक्ने स्थानबाट सकभर जोगिनुपर्ने हुन्छ”, गुप्ताले भन्नुभयो, “शरीरमा रगत जमाउने आवश्यक तत्वमध्ये कुनै तत्वको मात्रा एक प्रतिशतभन्दा कम भएका गम्भीर हिमोफिलिया, एकदेखि पाँच प्रतिशतसम्म भएमा मध्यम हिमोफिलिया र पाँच प्रतिशतभन्दा माथि भएका अल्प हिमोफिलिया भनिन्छ ।”

रोकथाम मात्र दीर्घकालीन उपचार छैन

वीर अस्पतालमा रक्तरोग विशेषज्ञ डा सिंहले हिमोफिलिया रगत बगेको बेला उपचार गरेर रगतलाई कम गर्ने हो तर यसको दीर्घकालीन उपचार सम्भव नभएको बताउनुभयो । “रगत बग्न नदिनु नै यसको उपचार हो”, उहाँले भन्नुभयो, “जुन रगत जमाउने आवश्यक तत्वको कमी हुन्छ । त्यही तत्वलाई रगत जमाउनका लागि प्रोटिन दिनुपर्ने हुन्छ ।”

समयमै पहिचान हुन नसक्दा हिमोफिलिया भएका व्यक्तिहरुले दुःख पाएको, हेरचाह र उपचारमा समस्या हुने गरेको डा सिंहको भनाइ छ । हिमोफिलियाका बिरामी चोटपटकबाट बच्नुपर्ने भन्दै रक्तस्राव भएको खण्डमा औषधि लगाई आराम गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपालमा हिमोफिलियाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गर्ने गरिएको छ । हिमोफिलियाका कारणले जीउमा नीलडाम देखिने, जोर्नी तथा मांसपेशीहरु सुन्निने र दुख्ने गर्दछ । यस्ता व्यक्तिमा चोटपटक लागेर रगत बगेमा लामो समयसम्म रगत नरोकिने हुन्छ । यसको उपचारका लागि रगत जमाउने प्रोटिन दिनुपर्ने चिकित्सकको भनाइ छ । रासस

बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

ताजा

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.