• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • १ घण्टा 

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
  • २ घण्टा 

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार
  • २ घण्टा 

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क
  • २ घण्टा 

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ७ घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ८ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ९ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १ दिन 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ३. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. दुई हजार एम्बुलेन्स थन्किए

  • १०. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

अपाङ्गता भएकाको साक्षरता दर न्यून

  •  सोमबार, चैत १२, २०८० मा प्रकाशित

काठमाडौँ । भौगोलिक विकटता, सामाजिक विभेद र अपाङ्गमैत्री शिक्षा प्रणालीको अभावमा अपाङ्गता भएका जनसङ्ख्यामध्ये आधामात्र साक्षर रहेको देखिएको छ ।

मुलुकको कूल साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहँदा अपाङ्गता भएका व्यक्तिको साक्षरता दर ५० दशमलव १ प्रतिशत मात्र छ । अपाङ्गता भएका महिलाको साक्षरता दर अझै न्यून छ । कूल अपाङ्गता भएका जनसङ्ख्याको ३८ दशमलव ५ प्रतिशत मात्र महिला साक्षर रहेको छ । ‘राष्ट्रिय जनगणना २०७८’को जनगणनामा सङ्कलित तथ्याङ्कका आधारमा सार्वजनिक गरिएको अपाङ्गसम्बन्धी तथ्याङ्कीय प्रतिवेदनमा यो तथ्य उजागर भएको हो ।

अघिल्लो जनगणना २०६८ मा अपाङ्गता भएका व्यक्तिको साक्षरतादर ४३ दशमलव २ रहेको थियो । उक्त जनगणनाअनुसार पुरुषको साक्षरतादर ५२ दशमलव २ र महिलाको ३३ दशमलव ७ रहेको थियो । हालै सार्वजनिक प्रतिवेदनसँग तुलना गर्दा साक्षरतादर सुधारोन्मुख देखिए पनि उत्साहजनक नदेखिएको सरोकारवालाको भनाइ छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय र राष्ट्रिय अपाङ्ग महासङ्घ (एनएफडिएन) ले संयुक्तरुपमा प्रकाशन गरेको ‘राष्ट्रिय जनगणना २०७८ अपाङ्गसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन’ले कूल जनसङ्ख्याको २ दशमलव २ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गताको लक्षण देखिएको छ । प्रतिवेदनअनुसार मुलुकभर अपाङ्गता भएका जनसङ्ख्या छ लाख ४७ हजार सात सय ४४ छ । पाँच वर्ष वा सोभन्दा माथि उमेर समूहका छ लाख २१ हजार चार सय २३ जनसङ्ख्यामध्ये तीन लाख ११ हजार छ सय ३० जनसङ्ख्या मात्र साक्षर छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको जनसङ्ख्या शाखाका प्रमुख ढुण्डिराज लामिछानेले २०७८ सालको जनगणनामा पहिलो पटक अपाङ्गताको खण्डीकृत तथ्याङ्क सङ्कलन र विष्लेषण गरिएको बताउनुभयो । प्रमुख लामिछानेले भन्नुभयो, “महासङ्घसँगको तथ्याङ्कीय विश्लेषणले एक हदसम्म अपाङ्गता क्षेत्रको अपुरो तथ्याङ्कलाई पूरा गरेको छ ।”

बाह्र प्रकारका अपाङ्गतालाई विभाजन गरी विश्लेषण गरिएको प्रतिवेदनमा सबैभन्दा बढी साक्षर दृष्टिविहीन रहेका छन् । पूर्ण दृष्टिविहीनमध्ये ६३ दशमलव ३ प्रतिशत साक्षर छन् । यो समूहमा पुरुष ७० दशमलव ४ र महिला ५६ दशमलव ३ प्रतिशत साक्षर छन् । बौद्धिक अपाङ्ग भएका सबैभन्दा कम साक्षर छन् । यो समूहका कूल २० दशमलव ४ प्रतिशत जनसङ्ख्या मात्र साक्षर छन्, त्यसमा पुरुष २२ दशमलव ८ र महिला १७ दशमलव ८ रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी शारीरिक अपाङ्गता भएकामध्ये ५९ दशमलव ९ प्रतिशत साक्षर छन् । पुरुष ६८ दशमलव ३ र महिला ४७ दशमलव ८ प्रतिशत साक्षर रहेका छन् । न्यूनदृष्टि भएका ४४ दशमलव ६ प्रतिशत साक्षरमध्ये पुरुष ५९ दशमलव ६ र महिला ३० दशमलव ५ प्रतिशत छन् । राष्ट्रिय अपाङ्ग महासङ्घका प्रवक्ता रमेश पोखरेलले पूर्ण दृष्टिविहीनको तुलनामा न्यूनदृष्टिविहीनको साक्षरता दर न्यून हुनुमा उनीहरुले सवलाङ्ग नागरिकसँगै बसेर पढ्नुपर्ने, उही पाठ्यक्रम र उही शैक्षिक सामग्रीको साहारा लिनुपर्ने बाध्यता भएको बताउनुभयो । पूर्ण दृष्टिविहीनका लागि ब्रेललिपिको व्यवस्था, अलग्गै कक्षाकोठा, होस्टलको प्रबन्ध आदिका कारण पढ्न सहज भएकाले यो समूहको साक्षरता दर पनि राम्रो भएको पोखरेलको भनाइ छ ।

प्रतिवेदनअनुसार बहिरा भएकाको साक्षरता दर ४० दशमलव ४ प्रतिशत रहेकामा पुरुषको ५० दशमलव ५ र महिलाको २९ दशमलव २ रहेको छ । सुस्त श्रवण भएकाहरुको साक्षरता दर ४१ दशमलव ५ रहेकामा पुरुषको ५४ दशमलव ३ र महिलाको २८ दशमलव ४ प्रतिशत रहेको छ । यसैगरी श्रवण दृष्टिविहीनको साक्षरता दर ४४ दशमलव ९ रहेकामा पुरुषको ५६ दशमलव १ र महिलाको ३२ दशमलव ४ प्रतिशत रहेको छ । स्वर र बोलाइसम्बन्धी अपाङ्ग भएकाको साक्षरता दर ३८ दशमलव ८ छ, त्यसमा पुरुषको ४४ दशमलव ५ र महिलाको ३१ दशमलव ४ प्रतिशत रहेको छ । मानसिक वा मनोसामाजिक अपाङ्गभएकाको साक्षरता दर ४६ दशमलव ३ प्रतिशत रहेकामा पुरुषको ५३ दशमलव ९ र महिलाको ३७ दशमलव ७ प्रतिशत रहेको छ । हेमोफोलिया भएकाहरुको साक्षरता दर ६६ दशमलव १ रहेको छ, त्यसमा पुरुषको ७६ दशमलव ७ र महिलाको ५६ दशमलव ४ प्रतिशत रहेको छ ।

यस्तै अटिजम भएकाको साक्षरता दर ३० दशमलव ४ रहेको छ, जसमा पुरुषको ३८ दशमलव ८ र महिलाको २३ दशमलव ६ प्रतिशत रहेको छ । बहुअपाङ्ग भएकाको साक्षरता दर ४७ दशमलव ९ प्रतिशत छ भने ५३ दशमलव १ र महिलाको ४१ दशमलव १ साक्षरता देखिन्छ ।

महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गताको खण्डीकृत तथ्याङ्क सार्वजनिक भएसँगै अपाङ्गता भएका व्यक्तिले सामाजिक जीवनमा विभेदपूर्ण ढङ्गले पाइरहेका अनेक प्रकारका अवसरबारे जानकारी भएको बताउनुभयो । “यस क्षेत्रमा हामीले अहिलेसम्म समग्रतामा तथ्याङ्क सङ्कलन र प्रकाशन गरेका थियौँ”, अध्यक्ष आचार्यले भन्नुभयो, “यसपटक खण्डीकृत तथ्याङ्क प्रकाशन भएका कारण अपाङ्गता भएका महिलाको साक्षरता दर यती कमजोर रहेछ भन्ने थाहा भयो ।”

अपाङ्गता भएकाको शैक्षिक अवस्था कमजोर हुनुमा पाठ्यक्रमदेखि विद्यालय संरचनासम्म समस्या रहेको अध्यक्ष आचार्यको भनाइ छ । “पाठ्यक्रम पनि अपाङ्गमैत्री छैनन् । सामान्य विद्यालय भवनमा अपाङ्गता भएका विद्यार्थी कक्षामा प्रवेश गर्नसक्ने अवस्था छैन, जसले गर्दा चाहेर पनि उनीहरुले पढ्न पाएका छैनन् ।”

अपाङ्ग मानवअधिकार केन्द्रका निर्देशक जगदीशप्रसाद अधिकारीले पाठ्यक्रम, ब्रेललिपिका पुस्तक, शिक्षक र पूर्वाधारका अभावकाबीच यस क्षेत्रको साक्षरता र शिक्षा प्रगतिउन्मुख रहेकामा सन्तोष व्यक्त गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आँकडाअनुसार समग्रमा विद्यालय जाने उमेरका चार प्रतिशत बालबालिका विद्यालय बाहिर छन्, त्यसमध्ये ८० प्रतिशत अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । रासस

सोमबार, चैत १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.